सोमबार, ५ साउन २०८२

६.७० अंक बढ्यो नेप्से, २० अर्बको कारोवार

समयपोष्ट २०८१ साउन २४ गते १५:२३

आज नेप्से परिसूचक ६.७० अंक बढेर २७६६.३८ विन्दुमा पुगेको छ।

बिहीबार सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ। सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अंक घटेको छ।

आज ३२२ स्टकको २ लाख ९ हजार पटकको कारोबारमा २० अर्ब ७ करोड ४ लाख ३४ हजार रुपैयाँ बराबरको ५ करोड ९ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ५.८७ प्रतिशत बढेको छ। आज लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने अरु उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक आज १.२७ प्रतिशत घटेको छ।

६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स एण्ड आयल र सर्वोत्तम सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने विशाल बजार कम्पनी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य सर्वाधिक ८.०४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्टको १ अर्ब २० करोडको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको १ अर्ब ७ करोडको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको करिब साढे ९२ करोडको शेयर किनबेच भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री