सोमबार, २३ असार २०८२

अन्धकार बस्तीमा विद्युत् पु¥याउने अभियान

समयपोष्ट २०८१ असार २ गते १२:४६

Advertisement

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत् नपुगेको बस्तीमा विद्युत् पु¥याउने अभियान चलाएको छ । दाङमा पनि अझै धेरै ठाउँमा विद्युत् नपुगेका ठाउँ पनि रहेको भन्दै ती ठाउँहरुमा विद्युत् पु¥याउने अभियान चलाएको वितरण केन्द्र प्रमुख शिव गोशालीले बताउनुभयो ।

अहिले आफूहरु अन्धकार बस्तीलाई उज्यालो बनाउने अभियानमा लागेको जनाउँदै दाङमा पछिल्लो एक वर्षमा छ स्थानमा विद्युत् बाल्न सफल भएको उहाँले बताउनुभयो । उहाँका अनुसार दङ्गीशरणको वडा नं १ फुर्केसल्ली, बबईको वडा नं ७ तल्लो मलै, शान्तिनगर गाउँपालिकाको वडा नं १ को हारीचारलगायतका बस्ती, वडा नं ३ का विकट बस्ती, तुलसीपुर उपमहानगरपालिका वडा नं ४ को खुमखानीमा बत्ती बालिसकेको बताउनुभयो ।

अझै पनि दाङमै केन्द्रीय लाइन नपुगेका स्थानमा विद्युत् पु¥याउने गरी लागिरहेको उहाँले बताउनुभयो । वितरण केन्द्र तुलसीपुरको कार्यक्षेत्र तुलसीपुर उपमहानगरपालिकासँगै बबई, शान्तिनगर र दङ्गीशरण गाउँपालिका रहेको जनाउँदै उहाँले यहाँका विकट बस्तीमा पनि विद्युत् पु¥याइरहेको बताउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री