आइतबार, २२ असार २०८२

यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

समयपोष्ट २०८१ जेठ २८ गते २२:०७

Advertisement

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।

बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ ।
यस्तै आयात २.४ प्रतिशत, निर्यात ३.६ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले घटेको छ ।

यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.२ प्रतिशतले र अमेरिकी डलरमा १७.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.३९२ अर्ब ६४ करोडले बचतमा रहेको छ ।

यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.१९४२ अर्ब ४० करोड र अमेरिकी डलरमा १४ अर्ब ५४ करोड रहेको बैंकले जनाएको छ ।

Advertisement

यसबाहेक नेपाल सरकारको खर्च रु.१०५६ अर्ब ८९ करोड र राजस्व परिचालन रु.८३१ अर्ब ९३ करोड रहेको छ । यस्तै विस्तृत मुद्राप्रदाय ८.१ प्रतिशतले बढेको भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.४ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री