सोमबार, २३ असार २०८२

नेपाल माइक्रो इन्स्योरेन्सले दियो पहिलो दाबी भुक्तानी

समयपोष्ट २०८० माघ ५ गते १५:१०

Advertisement

निर्जीवन लघु बीमा कम्पनी नेपाल माइक्रो इन्स्योरेन्सले पहिलो दाबी भुक्तानी गरेको छ ।

कम्पनीले मोटर बीमा अन्तर्गत शुक्रबार झापाका धनपति आचार्यलाई तेश्रो बीमा दाबीवापतको ७६ हजार ८४७ रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमालले उक्त रकम बराबरको चेक आचार्यलाई हस्तान्तरण गरे ।

धनपति आचार्य सवार मोटरसाइकल गत मंसिर २ गते बसुन्धरामा दुर्घटनामा परेको थियो । कम्पनीका अनुसार निर्जीवन बीमा सेवा शुरु भएयताको यो पहिलो दाबी भुक्तानी हो ।

चेक प्रदान गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत रिमालले चीतई नै दाबी भुक्तानी प्रक्रिया पुरा गरेकोमा खुसि व्यक्त गरेका छन्। कम्पनी यसरी नै बीमितलाई प्रदान गरिने दायित्वहरु समय मै प्रदान गर्न प्रतिवद्द रहेको बताए। उनले नागरिकलाई सहज र आवश्यकता अनुसारको लघुबीमा सेवा दिन कम्पनी प्रतिवद्द रहेको बताए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री