बुधबार, १९ वैशाख २०८१

लामो समयपछि हेमासँग यस्तो रुपमा देखिए धर्मेन्द्र

समयपोष्ट २०७५ जेठ ७ गते ६:५४

कुनै समयका चर्चित बलिउड अभिनेता अभिनेतृ धर्मेन्द्र र हेमा मालिनी एकसाथ देखिएका छन् । पति पत्नी भएपनि यि दुईलाई एक साथ सार्वजनिक रुपमा कमनै देखिन्छ । उनीहरुलाई आइतबार मुम्बई एयरपोर्टमा सँगै देखिएको छ ।

Advertisement

पछिल्लो पटक यी दुईलाई निर्देशक अनिल शर्माको फिल्म ‘जिनियस’ को मुहुर्तमा देखिएको थियो । ८२ वर्षका धर्मेन्द्र अहिले पनि बलिउडमा एक्टिभ छन् । उनको अर्को फिल्म ‘यमला, पगला दिवाना फिर से’ यसै वर्ष रिलिज हुने तयारीमा छ ।

यता हेमा मालिनीलाई भने फिल्मका लागि कुनै अफर छैन । उनलाई अन्तिम पटक ‘एक था रानी ऐसी भी’ (सन् २०१७) मा देखिएको थियो । यद्यपी, उनी क्लासिकल डान्सको स्टेज शो गरिरहन्छिन् ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री