हिमालयन रिइन्स्योरेन्सको आईपीओ नेप्सेमा सुचीकृत
समयपोष्ट
२०८० पुष २२ गते १७:५०
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ सुचिकृत भएको छ ।
कम्पनीको सर्वसाधारण तर्फको ३ करोड र संस्थापकको ७ करोड गरी कुल १० करोड कित्ता शेयर सुचीकृत भएको हो ।
नेप्सेले हिमालयन रिइन्स्योरेन्सको पहिलो शेयर कारोबारको लागि १०३.७ रुपैयाँ देखि ३०९.२१ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । कम्पनीको HRL सिम्बलबाट कारोबार हुने छ ।
प्रतिक्रिया