बिहीबार, ६ कार्तिक २०८२

धितोपत्र बोर्डले भन्यो-मापदण्ड पूरा गर्नेले प्रिमियममा सेयर जारी गर्न पाउँछन्

समयपोष्ट २०८० पुष १२ गते १४:२८

Advertisement

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले मापदण्ड पुगेका कम्पनीले प्रिमियममा आईपीओ जारी गर्न पाउने जनाएका छन् ।

बिहीबार समितिले नेपाल धितोपत्र बोर्ड तथा बीमा प्राधिकरणसँग छलफल गरेको थियो । छलफलका क्रममा बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले कुन कम्पनीले प्रिमियमा आईपीओ जारी गर्न पाउने, कुन कम्पनीले नपाउने भनेर क्षेत्रगत रुपमा नछुट्याइएको तर प्रिमियमा सेयर जारी गर्न बोर्डले तोकेको मापदण्ड पूरा गरेका कम्पनीले पाउने जानकारी दिएका हुन् ।

कार्यकारी निर्देशक श्रेष्ठ बीमा र बैंकको हकमा समबन्धित नियामकबाट समेत स्वीकृति लिनु पर्ने भएकोले बीमा कम्पनीले बीमा प्राधिकरणको स्वीकृति ल्याएको तथा मापदण्ड पनि पुगेकालाई प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिएको उल्लेख गरे ।

कम्पनी ऐनमा पनि प्रिमियममा आईपीओ जारी गर्न सक्ने उल्लेख गरेकोले त्यसलाई समेत आधार मानेर बोर्डले अनुमति दिएको बताए । अनुमति पाएपछि कम्पनीले आफ्नो विवरणपत्रमा स्मपूर्ण जानकारी प्रकाशन गर्नु पर्ने व्यवस्था रहेकोले त्यसलाई आधार मानेर लगानीकर्ताले शेयर खरिद गर्ने वा नगर्ने निर्णय लिन सक्ने उनले बताए । शेयर बिक्री नभएमा बिक्री नभएको शेयर प्रत्याभुत्कर्ताले स्वीकार्ने व्यवस्था समेत रहेको उनले बताए ।

Advertisement

बीमा कम्पनीलाई कानुन विपरित प्रिमियममा आईपीओ निष्काशन गर्न दिएको भन्दै उजुरी आएपछि लेखा समितिले यस सम्बन्धमा नेपाल धितोपत्र बोर्ड र बीमा प्राधिकरणसँग छलफल गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री