बिहीबार, ६ कार्तिक २०८२

घोराही सिमेन्टको लाभांश घोषणा

समयपोष्ट २०८० पुष ६ गते १०:३०

Advertisement

घोराही सिमेन्टले लाभांश घोषणा गरेको छ।

कम्पनीको बिहीबार संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० कि मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले पुस २८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १६ गते बुक क्लोजको मिति समेत तय गरेको छ। अर्थात पुस १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।

Advertisement

साधारणसभामा सर्वसाधारण शेयरधनी समुहबाट संचालक निर्वाचन गर्ने प्रस्ताव पनि पेश हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री