शुक्रबार, ७ कार्तिक २०८२

अरुण काबेली,सान्जेन र मध्य भोटेकोशी जलविद्युत कम्पनीद्धारा साधारण सभा आह्रवान

समयपोष्ट २०८० पुष ५ गते ९:४४

Advertisement

अरुण काबेली पावर लिमिटेड,सान्जेन जलविद्युत कम्पनी लिमिटेड र मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्रवान गरेका छन् ।

अरुण काबेलीले पुस २६ गते, बिहीबार, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौँमा १३ औँ, सान्जेन जलविद्युतले पुस २९ गते, आइतबार, कार्की पार्टी प्यालेस, सुकेधारा, काठमाडौँमा १२ औँ र मध्य भोटेकोशी जलविद्युत कम्पनीले पुस २७ गते, शुक्रबार, कुण्डलिनी दरबार बैंक्वेट, चण्डोल, काठमाडौँमा १२ औँ वार्षिक साधारण सभा आह्रवान गरेका हुन् ।

अरुण काबेलीको सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणको सम्बन्धमा प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

Advertisement

सान्जेन जलविद्युतको सभाले कम्पनीको नियमावली संशोधन सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले सञ्चालक समितिका सदस्यहरुको सुविधाका सम्बन्धमा, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणको सम्बन्धमा प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुकक्लोज गर्नेछ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

मध्य भोटेकोशी जलविद्युत कम्पनीको सभाले चुक्ता पूँजी र सञ्चित मुनाफाको जम्म रकमभन्दा बढी हुने गरी लिइएको ऋणको सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले सञ्चालक समितिका सदस्यहरुको सुविधाका सम्बन्धमा, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणको सम्बन्धमा प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुकक्लोज गर्नेछ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री