एनएमबि बैंकमा एफएमओले बढायो लगानी
समयपोष्ट
२०७३ मंसिर ९ गते ८:४४
एनएमबी बैंकमा अन्तर्राष्ट्रिय साझेदार एफएमओले लगानी बृद्धि गरेको छ । एफएमओले लगानी ३ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको हो । नेदरल्याण्ड सरकारको लगानी रहेको एफएमओ अन्तर्राष्ट्रिय द्विपक्षीय विकास बैंक हो ।
एफएमओेसंगको सम्बन्धबाट एनएमबि बैंकलाई उर्जा, अन्तराष्ट्रिय ब्यापार र पुँजी बजारमा ठोस सहयोग पुग्नुको साथै सुदृढ पूंजीगत आधारका कारण जोखिम वहन गर्नसक्ने क्षमता अभिवृद्धि भई सक्षम संस्थाको रुपमा एनएमबि बैंक स्थापित हुँने विश्वास लिइएको छ ।
प्रतिक्रिया