काठमाण्डौ इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थलाई नेशनल लाईफको आर्थिक सहयोग
नेशनल लाईफ इनस्योरेन्स कम्पनी लिले काठमाण्डौ इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
सोमबार सो सम्बन्धि सम्झौतामा कम्पनीको कार्यकारी प्रमुख सुरेश प्रसाद खत्री र इन्ष्टिच्यूटको तर्फबाट संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोईरालाले हस्ताक्षर गरे ।
सम्झौता अनुसार बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० शैय्याको गैह्र नाफा मूलक बाल अस्पताल निर्माण परियोजनाका लागि नेशनल लाईफले ३ वर्षसम्म प्रति वर्ष रु.२५ लाखका दरले वित्तिय सहयोग उपलव्ध गराउने छ ।
आजै कम्पनीका कार्यकारी प्रमुख खत्रीले पहिलो किस्ता बापतको २५ लाख रुपैयाँको चेक सो संस्थालाई हस्तान्तरण गरेको कम्पनीद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
समारोहमा प्रा.डा. भगवान कोईरालाले नेपालका सबै बाल बालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पु¥याउने उदेश्यले परियोजना संचालन गर्न लागिएको र क्रमिक रुपमा देशको अन्य स्थानहरुमा समेत वाल स्वास्थ्य सेवा उपलव्ध गराउने योजना रहेको बताउनु हुँदै यस परियोजनाका लागि वित्तिय सहयोग उपलव्ध गराएकोमा धन्यवाद दिए ।
कम्पनीका कार्यकारी प्रमुख खत्रीले, कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशिल भई विगत देखी नै शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षण जस्ता क्षेत्रहरुमा आर्थिक सहयोग उपलव्ध गराउँदै आएको संस्मरण गर्दै काठमाण्डौ इन्ष्टिच्यूट अफ चाईलड हेल्थबाट निर्माणधिन वाल अस्पतालको परियोजनामा योगदान पु¥याउन पाएकोमा खुशी व्यक्त गरे ।
कार्यकारी प्रमुख खत्रीले अस्पताल संचालन छि नेपालका बाल बालिकाहरुले सहज रुपमा थप उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्नेमा विश्वस्त रहेको बताए ।
प्रतिक्रिया