लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीले लगानीकर्ताहरुलाई बोनस दिने
समयपोष्ट
२०७३ मंसिर ९ गते ७:३७
लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीले लगानीकर्ताहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । फाइनान्सको बिहीबार बसेको सञ्चालक समितिको निर्णयले लगानीकर्ताहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो ।
फाइनान्सले लगानीकर्ताहरुलाई ३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।
प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृती र फाइनान्सको आगामी साधारण सभाले पारित गरेपछि मात्र लाभांश वितरण गरिने छ ।
प्रतिक्रिया