मंगलबार, १८ वैशाख २०८१

युनिलिभर नेपालको घट्यो नाफा

समयपोष्ट २०७३ मंसिर ८ गते ७:२०

नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनी मध्ये सर्वाधिक मूल्य रहेको युनिलिभर नेपालको नाफा घटेको छ । 

Advertisement

युनिलिभर नेपालको नाफा चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा १२.५३ प्रतिशतले घटेको हो ।

मजदुर र व्यवस्थापनबीचको विवादका कारण हेटौंडामा रहेको युनिलिभर उद्योग दुर्इ महिना बन्द भएको थियो। उद्योग बन्दहुँदा कम्पनीको नाफा घटेको हो। असोज मसान्त सम्ममा कम्पनीले १७ करोड तीन लाख रुपैयाँ कमाएको छ ।

गत आर्थिक बर्षको यहि अविधमा कम्पनीले १९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो बर्ष कम्पनीको बिक्रीमा ह्रास आएपछि नाफा ओरालो लागेको हो। गत बर्ष पहिलो त्रैमासिकमा कम्पनीको बिक्री ९३ करोड ८५ लाख रुपैयाँको रहेकोमा यो बर्ष ६८ करोड २२ लाख रुपैयाँ मात्र रह्यो । कम्पनीको अन्य सञ्चालन आय भने छ करोड रुपैयाँले बढेर १८ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

बिक्री घटेसँगै कम्पनीको खर्च दुई करोड ७० लाख रुपैयाँले घटेर २२ करोड ५७ लाख रुपैयाँमा झरेको छ। कम्पनीको प्रति सेयर आम्दानी २११ रुपैयाँबाट १८५ रुपैयाँमा समित भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री