बुधबार, २९ असोज २०८२

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

समयपोष्ट २०८० असोज २४ गते ११:१०

Advertisement

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २८ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री