नेपालको पहिलो इभि ट्रक फोटोन टि इएम वानको रेञ्ज च्यालेञ्ज सफल
समयपोष्ट
२०८० भदौ २२ गते १४:२२
नेपालमा आएको पहिलो विद्युतीय ट्रक फोटोनको टीएम वानले फुल लोड बोकेर पशुपतिनाथ मन्दिरबाट जानकी मन्दिर सिंगले चार्जमा २१७ किलोमीटर पार गर्न सफल भएको छ।
पशुपतिनाथ मन्दिरदेखि जानकी मन्दिरसम्म २ सय १७ किलो मिटरको दूरी फोटोनको विद्युतीय ट्रक टीएम वानले एक पटकको फुल चार्जमै पूरा गरेको हो।
टीएम वानको भार बहन क्षमताअनुसार फुल लोड बोकेर उक्त गाडी जानकी मन्दिर पुगेको थियो।
फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रा लि ले टीएम वान विद्युतीय ट्रक बजारमा ल्याएको हो।
साथै कम्पनीका अनुसार गाडीको रेन्ज बाटोको अवस्था अनुसार फरक पर्ने जनाएको छ ।
नाडा २०८० मा यस FOTON EV TRUCK TM1 विशेष अफरका साथ लञ्च गरिन लागेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया