आइतबार, ९ कार्तिक २०८२

हाथवे इन्भेष्टमेण्टको आइपिओमा आजदेखि आवेदन दिन सकिने, प्रतिकित्ता ५० रुपैयाँ

समयपोष्ट २०८० भदौ २१ गते ९:०९

Advertisement

हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले आजगतेदेखि आईपीओ निश्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरि बाँडफाँट गरिसकेको छ । त्यससंगै कम्पनीले सर्वसाधारणको लागि २४ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निश्कासन तथा बिक्री खुला गरेको हो।

कम्पनीको प्रतिकित्ता शेयर मूल्य ५० रुपैयाँ रहेको छ । आईपीओमा न्युनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।

आईपीओ निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

Advertisement

नेपाल धितोपत्र बोर्डले असार १७ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले आफ्नो शेयरको प्रति कित्ता अंकित मूल्य ५० रुपैयाँ कायम गरेको छ । सोहि कारण कम्पनीको आईपीओ प्रति कित्ता ५० रुपैयाँ मै आउने छ । कम्पनीले आफ्नो कुल पुंजीको १२.५० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीको जारी पुंजी १ अर्ब १७ करोड रहेको छ । आईपीओ निष्काशनपछि कम्पनी चुक्ता पुंजी १ अर्ब १७ करोड पुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री