मंगलबार, १८ वैशाख २०८१

नेपालमा सुरु भयो आइफोन ७ को बिक्री

समयपोष्ट २०७३ मंसिर ४ गते २:३६

नेपालमा आइफोन ७ र आइफोन ७ ‘प्लस’ को बिक्री सुरु भएको छ । 

Advertisement

इभो स्टोरले आजैदेखि आफ्ना  बिक्री केन्द्रबाट आइफोन ७ को बिक्री थालेको हो ।  इभोस्टोरले   दरबारमार्गस्थित मर्कन्टाइल प्लाजा र शेर्पा मलबाट पनि आइफोन ७ को बिक्री सुरु गरेको छ ।

इभोस्टोरले  भविष्यमा पोखरामा पनि शो-रुम विस्तार गरेर आइफोन ७को बिक्री सुरु गर्ने जनाएको छ । नेपाली बजारमा आइफोन ७ को मूल्य ९१ हजारदेखि १ लाख ३७ हजारसम्म तय गरिएको छ ।

आइफोनको स्टोरेज क्षमताअनुसार मूल्य फरक-फरक छ । स्टोरेज क्षमताका आधारमा ३२, १२८ र २५६ गरी तीन श्रेणीका क्षमतामा दुवै सेरिजका फोन उपलब्ध छन् ।

३२ जीबीको आइफोन ७ को मूल्य ९१ हजार पर्छ भने १२८ जीबीको आइफोन ७ को मूल्य १ लाख ५ हजार ५ सय रुपैयाँ रहेको छ । यसैगरी २५६ जीबी स्टोरेज क्षमताको मूल्य १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको छ ।

ठूलो आकारको आइफोन ७ प्लस भने अलि महंगो पर्छ । ३२ जीबीको आइफोन ७ प्लसको मूल्य १ लाख ८ हजार पर्छ भने १२८ जीवीको आइफोन ७ प्लसलाई १ लाख २२ हजार ५ सय रुपैयाँ पर्छ । २५६ जीवीको आइफोन ७ प्लसलाई १ लाख ३६ हजार रुपैयाँ पर्ने छ । यो मूल्य नेपाल सरकारले तोकेको १३ प्रतिशत मूल्य अभिबृद्धि कर सहितको हो । आधिकारिक रुपमा बिक्रि हुने सबै आइफोनमा एक बर्षको वारेन्टीसहित भ्याट बिल दिइनेछ ।

आइफोन ७ र ७ प्लस ब्ल्याक, जेट ब्ल्याक, सिल्भर, रोज गोल्ड र गोल्ड गरी पाँच रंगमा उपलब्ध छन् । ग्राहकले किस्ताबन्दीमा पनि आइफोन किन्न सक्नेछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री