मंगलबार, ६ साउन २०८२

लुम्बिनी विकास बैंकको खुद नाफा ६१ करोड २४ लाख

समयपोष्ट २०८० साउन १२ गते ७:२०

लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २२.३१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ०.११ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी १९.५८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७.७० प्रतिशत घटेको छ। निष्क्रिय कर्जा बढेर ३.०१ प्रतिशत पुगेको छ।

बैंकको वितरणयोग्य मुनाफा ३९ करोड २७ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १९ रुपैयाँ ४० पैसा रहेको बैंकको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ रुपैयाँ ३० पैसा घटेर १८ रुपैयाँ ११ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.८१ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ १७ पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी ३ अर्ब ३८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ। जगेडा कोषमा २ अर्ब ७७ करोड रुपैयाँ सञ्चित छ। बैंकले ४९ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री