माछापुच्छ्रे बैंक “सर्टिफिकेट अफ मेरिट” बाट सम्मानित
समयपोष्ट
२०८० साउन ७ गते १९:४२
माछापुच्छ्रे बैंक लिमिटेड, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने “नेशनल बेष्ट प्रेजेण्टेड यानुअल रिपोर्ट अवार्ड-२०२२” बाट सम्मानित भएको छ ।
बैंकले बैंकिङ्ग क्षेत्र तर्फको “सर्टिफिकेट अफ मेरिट” अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको प्रस्तुति र स्वीकृति, पारर्दशिता, विषयवस्तु, सुशासन लगायतका कुराहरुलाई मध्यनजर गर्दै उक्त अवार्ड प्रदान गरेको हो ।
बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया