सुनको भाउ ओरालो लाग्दै
समयपोष्ट
२०७३ मंसिर ३ गते ७:२६
केही दिनदेखि सुनको मूल्यमा ओरालो लाग्ने क्रम जारी छ । शुक्रबार सुन प्रतितोला ६ सय रुपैयाँले घटेर तोलाको ५५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँ थियो ।
प्रतिक्रिया