मंगलबार, १८ वैशाख २०८१

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सिइओद्धारा सपथग्रहण

समयपोष्ट २०८० जेठ ९ गते १९:३८

Advertisement

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् ।

सिइओ श्रेष्ठले मंगलबार कम्पनीका अध्यक्ष हेमराज ढकालबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।

कम्पनी संचालक समितिको बैशाख २७ गतेको बैठकले श्रेष्ठलाई सिइओ नियुक्त गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियो ।

कम्पनीको नियमनकारी निकाय बीमा प्राधिकरणबाट जेठ ५ गते उक्त सिफारिस स्वीकृत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री