बिहीबार, २० वैशाख २०८१

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सेयर कारोबार सोमबारबाट

समयपोष्ट २०८० वैशाख ३१ गते १७:०९

Advertisement

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सेयर सोमबारबाट कारोबार हुने भएको छ।

हालै सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स आपसमा मर्जर भई ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी’को नाममा दुवै कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सूचीकृत भएको छ।

सगथरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स १ः०.८ सेयर स्वाप अनुपातमा मर्जर भएका हुन्। यी दुवै कम्पनीको गरी कुल २ करोड ६२ लाख २६ हजार ३८१.९६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।

यसअघि मर्जर प्रयोजनका लागि रोक्का रहेको सेयर कारोबार फुकुवा गरिएको पनि नेप्सेले जनाएको छ।

Advertisement

यसैगरी मर्जरपछि बनेको कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ५९९.१२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। यसको अर्थ भोलि यही मूल्यबाट यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री