सनराइजको १५ प्रतिशत बोनस शेयर सूचिकृत
समयपोष्ट
२०७४ चैत २९ गते ५:२०
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सनराइज बैंकको १५ प्रतिशत बोनस शेयर सूचिकृत भएको छ । बिहीबार कम्पनीको १ करोड ६ लाख ३३ हजार ७६८ दशमलव ५० कित्ता बोनस सूचिकृत भएको हो ।
यसैगरी बैंकको साधारण सभाले बोनसमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांशको व्यवस्था नगरेकाले बोनस प्राप्त गर्न सेयरधनी आफैँले कर रकम तिर्नुपर्ने जनाएको छ ।
उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड नाघेको सनराइज बैंकले जनाएको छ ।
यससँगै नेपाल राष्ट्र बैंकबाट “क” वर्गको बाणिज्य बैंकहरुलाई न्यूनतम चुक्ता पूँजी ८ अर्ब रूपैयाँ पुर्याउन दिएको निर्देशन अनुसार बैंकले गत आ.ब. २०७३/०७४ को मुनाफाबाट बोनस शेयर जारी गरी चुक्ता पूँजी पुर्याउन सक्षम भएको बैंकद्धारा जारी विज्ञस्तीमा उल्लेख छ ।
प्रतिक्रिया