देउवा तर्फ इकिंत गर्दै सिंहले भने- जनताको अपेक्षा भन्दा व्यक्तिको पछि लाग्ने प्रवृत्तिले पार्टी कमजोर बनायो
समयपोष्ट
२०७४ चैत २३ गते ८:३४
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको अपेक्षा भन्दा पनि व्यक्तिकोपछि लाग्ने प्रवृत्तिले पार्टी कमजोर बन्दै गएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल वित्तीय संस्था कर्मचारी संघको ८ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले भने, ‘जनताको अपेक्षा भन्दा पनि व्यक्तिकोपछि लाग्ने प्रवृत्ति छ यसले पार्टी कमजोर भन्दै गएको स्पष्ट छ ’
कार्यक्रममा नेता सिंहले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना समेत गरे । उनले पार्टीमा विद्यमान चुनौतिलाई चिरेर अघि बढ्न आवश्यक नीति तथा कार्यक्रम नभएको भन्दै तत्काल त्यस्ता कार्यक्रम ल्याउन सुझाव दिए ।
नेता सिंहले जनताको समृद्धिको चाहनालाई पूरा गर्न वित्तीय क्षेत्र अनुशासित हुनुपर्ने धारणा समेत राखे ।
प्रतिक्रिया