शनिबार, २२ वैशाख २०८१

हेटौंडामा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने, मदन भण्डारी प्रतिष्ठान र प्रत्यारोपण केन्द्रबिच सम्झौता

समयपोष्ट २०७९ मंसिर २१ गते ९:१९

Advertisement

भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अगुवाइमा प्रत्यारोपण र डायलाइसिस सेवाको विस्तार भइरहेको छ । यससंगै अब हेटौँडामा पनि प्रत्यारोपण सेवा सुरु हुने भएको छ ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच बुधबार हेटौँडामा मिर्गौला प्रत्यारोपण सुरु गर्ने तथा डाइलासिस सेवा विस्तार गर्ने समझदारी भएको छ ।

समझदारी पत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेडौँटाका उपकुलपति प्राडा.विश्वराज जोशी तथा हेटौँडा अस्पतालका मेसु डा.रामचन्द्र सापकोटाले हस्ताक्षर गरेका छन् ।

यससंगै अब आर्थिक वर्ष २०७९/८० भित्र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडामा प्रत्यारोपण सेवा सुरु हुँने केन्द्रले जनाएको छ ।

Advertisement

सम्झौता अनुसार केन्द्रले बागमती प्रदेश अन्तर्गतका विभिन्न अस्पतालहरुमा डाइलाइसिस सेवा विस्तार गर्ने, कर्मचारीहरुको लागि आवश्यक तालिम दिने छ ।

यस्तै केन्द्रले मस्तिष्क मृत्यूबाट हुने अंगदान र प्रत्यारोपण लगायतका कार्य प्रभावकारी बनाउने, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुलाई प्रत्यारोपाण केन्द्रमा मिर्गौला प्रत्यारोपण फेलोशिप प्रदान गर्ने, एम.सि.एच युरोलोजी, डि.एम. नेफ्रोलोजि, नर्सिङ्ग विषयको स्नातक तथा स्नात्तोकोत्तर तह लगायतको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक गृहकार्य गर्ने छ ।

कार्यक्रममा राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.श्रेष्ठले केन्द्रले देशका सातवटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने योजना अनुरुप पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रको प्राविधिक सहयोगमा प्रत्यारोपण सेवा सञ्चालन गरिसकिएको जानकारी दिए ।

उनले यसै महिना सुर्खेत प्रादेशिक अस्तालमा प्रत्यारोपण गरिने र क्रमश धनगढीमा समेत प्रत्यारोपण सेवा शुरु गरिने जानकारी दिए ।

कार्यक्रममा मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष महत्व दिएको बताए । उनले मिर्गौला प्रत्यारोपण कार्य विशेष प्राथमिकाताका साथ अघि बढाउने बताए ।

कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु, हेटौंडा अस्पतालका प्रमुख,नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री