बीग डिजिटल स्टोरको साइबर विक अन्तर्गत स्मार्ट क्युआर स्क्यानमा छुट
समयपोष्ट
२०७९ मंसिर १६ गते १३:०६
बीग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटि) को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक गरिएको छ ।
यहीँ मङ्सिर १३ गतेबाट शुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५०% सम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सामानहरु खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १०% छुट, रू. १,००० सम्म मात्र पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकहरुले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउन सक्नुहुन्छ ।
प्रतिक्रिया