पत्नी वियोगमा यसरी भक्कानिए मदनकृष्ण
समयपोष्ट
२०७४ चैत २० गते १६:०५
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यसोदा श्रेष्ठको निधन भएको छ ।
लामो समयदेखि क्यान्सरबाट ग्रसित यशोधाको गए राति पौने ११ बजे उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा ६७ बर्षको उमेरमा निधन भएको हो ।
मदनकृष्ण पत्नी यशोदालाई पहिले आन्द्राको क्यान्सर, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर भएको थियो ।
क्यान्सरका कारण पछिल्लो समय उनको दुवै खुट्टा नचल्ने भएका थिए। उनको मंगलवार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
निधनको खबर लगत्तै अस्पतालमा श्रद्धान्जली दिन आफन्त, शुभचिन्तक र कलाकारहरुको भीड लागेको थियो ।
कलाकार मदनकृष्णले यशोदा सुबेदीसँग २०३० सालमा अन्तरजातीय विवाह गरेका थिए । उनका एक छोरा यमन र छोरी सरना छन् ।
प्रतिक्रिया