बिहीबार, २० वैशाख २०८१

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने कार्यक्रम सम्पन्न

समयपोष्ट २०७९ कार्तिक २२ गते १५:४०

 

Advertisement

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि लागि तीन दिने “लिडर्स नाईट वीथ पारस खड्का” कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले “लिडर्स नाईट वीथ पारस खड्का” कार्यक्रम कार्तिक १९ देखि २१ गतेसम्म काठमाण्डौको चन्द्रागिरी हिल्समा आयोजना गरेको थियो ।

कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ श्रावण महिनामा संचालन गरेको अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीका ब्राण्ड एम्बेसडर समेत रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासंग साक्षात्कार गराउने उदेश्यले उक्त कार्यक्रम गरेको जनाएको छ ।

Advertisement

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा क्रिकेटर खड्काले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेका थिए ।

देशभरबाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनौट हुन सफलभएका करिब १०० जना बरिष्ठ अभिकर्ताकहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले नेपालका चर्चित मोटिभेसनल प्रशिक्षक सौरभ लोहनीले सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए ।

यसैगरी तोकिएको लक्ष्य पुरा गरी कार्यक्रममा सहभागि हुन सफल अभिकर्ताहरुको अथक परिश्रम र मेहनतको कदर गर्दै सम्मान समेत गरिएको थियो ।

 

कार्यक्रमका पारस खड्काले नेपाली क्रिकेट टिमलाई यो स्थानमाल्याई पु¥याउन आफ्नो तर्फबाट गरेको मेहनत र संघर्ष साथै राष्ट्रिय टिमको नेतृत्व लिएपछि वहन गरेको जिम्मेवारीका बारेमा आफ्नो अनुभव सुनाएका थिए ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीसंग आवद्ध भई कार्यक्रममा सम्मानित बिजनेश लिडरहरुसंग साक्षात्कर हुन पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको भन्दै खड्काले अभिकर्ताहरुलाई बधाई समेत दिए ।

कार्यक्रममा सहभागि अभिकर्ताहरुले खड्काको उपस्थिति र अनुभवबाट आफूहरु उत्प्रेरित भएको र आफ्नो वृत्ति विकासमा सकरात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री