मंगलबार, २४ असार २०८२

नेपाली बजार भित्रियो नयाँ सुपर स्प्लेन्डर

समयपोष्ट २०७९ भदौ २८ गते २०:३१

Advertisement

हिरो मोटोकर्पले नेपाली बजारमा नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको छ ।

प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथ नयाँ हिरो सुपर स्प्लेन्डर सुपर–पावर, सुपर–माइलेज र सुपर–कम्फर्टको तेब्बर (ट्रिपल) प्रतिज्ञाका साथ ल्याइएको कम्पनीले जनाएको छ ।

‘यसले परिष्कृत ईन्धन दक्षता प्रदान गर्दछ तथा यसलाई नयाँ डिजी–एनालग क्लस्टर, इन्टिग्रेटेड यूएसबी चार्जर, साइड–स्ट्यान्ड इन्जिन कट–अफ र रिफ्रेस लुकजस्ता रोमाञ्चक नयाँ सुविधाहरूले पावर–प्याक गरिएको छ’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो मोटरसाइकल देशभरका हिरो मोटोकर्पका डिलरसिपहरूमा रु २ लाख ६६,००० मा उपलब्ध हुनेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री