मंगलबार, १८ वैशाख २०८१

म्यूजिक नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल

समयपोष्ट २०७९ साउन २० गते १८:०८

Advertisement

म्यूजिक नेपाल लिमिटेडको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल नियुक्त भएको छ ।

आईपीओ निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र म्यूजिक नेपाल लिमिटेडबिच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भयो ।

उक्त सम्झौता पत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले तथा म्यूजिक नेपालको तर्फबाट महा प्रबन्धक उत्तम थापाले हस्ताक्षर गरेका हुन्।

एनआईसी एशिया क्यापिटलले “आईडिया टु आईपीओ” सेवा अन्तर्गत म्यूजिक नेपाललाई संस्थागत परामर्श सेवा सहित म्यूजिक नेपाललाई आईपीओ जारी गर्ने चरणमा पुर्याइ निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने आईपीओ निष्कासन गर्नेछ ।

नेपालको सन्दर्भमा म्यूजिक नेपाल सर्वसाधारणमा आईपीओ जारी गर्ने यस प्रकारको पहिलो कम्पनी हो ।

२०३९ साल श्रावण २४ गते स्थापना भई २०४० साल बैशाख २ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको म्यूजिक नेपालले नेपाली गीतसङ्गीतका एल्वमहरुको नियमित उत्पादन गर्न थालेको हो ।

म्यूजिक नेपालले सङ्गीत भनेको सोख र रहर पूरा गर्ने माध्यम मात्र हो भन्ने आमधारणामा परिवर्तन गर्दै यसलाई उद्योग–व्यवसायका रुपमा विकसित गर्न सकिन्छ भन्ने विश्वासले सुरुकै दिनमा रोयल्टी प्रथाको सुरूवात गर्दै यस क्षेत्रमा यो नेपालकै पहिलाे निजीस्तरको साङ्गीतिक उद्योगका रुपमा स्थापना भएको कम्पनी हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री