कोटेश्वरमा पैदल यात्रीलाई ठक्कर दिएपछि ट्रकसंग ठोक्कियो हाइस
समयपोष्ट
२०७९ असार १४ गते ९:३६
काठमाडौँको कोटेश्वरमा सोमबार साँझ भएको दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् ।
बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको हाइसले पैदलयात्रु ५२ वर्षीय देबकुमार सेनलाई ठक्कर दिएको हो । सेनलाई ठक्कर दिएपछि हाइस बालकुमारीबाट आएको प्रदेश ३-००६ ख ०२९५ नम्बरको ट्रकसँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा हाइसका सह-चालक घाइते भएका छन् । चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा हाइसको अगाडिको भाग क्षतविक्षत भएको छ ।
प्रतिक्रिया