मंगलबार, १८ वैशाख २०८१

लोकप्रिय हुँदै आई.एम.ई लाइफको बालकिरण जीवन बीमा योजना

समयपोष्ट २०७९ असार १२ गते २०:१८

Advertisement

आई.एम.ई लाइफ इन्स्योरेन्स कं. लि.को आईएमई बालकिरण जीवन बीमा योजना बिमितहरुमाझ लोकप्रिय बनेको छ ।

कम्पनीले पछिल्लो समय उत्त, बिमा लेख उल्लेख्य संख्यामा बिक्री भएको जनाएको छ ।

बच्चाको जन्म लगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिकालागि अधिकतम जोखिम रक्षावरण सहित चौथो बर्षदेखि नै प्रत्येक बर्ष बीमा रकम फिर्ता हुँदै आउँछ ।

यसरी प्रत्येक बर्ष फिर्ता हुने रकमले अभिभावकहरुलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिए ।

खासगरी अभिभावक तथा नव अभिभावकहरुको लागि अत्यन्त उपयुक्त तथा सहज यस बीमा योजनामा आफ्नो आवश्यकता अनुसारको बीमा अवधि छनौट गर्न सकिने, दुर्घटना तथा बीरामीको थप जोखिम वहन हुने तथा एउटै बीमामा दोहोरो जीवनको बीमा हुने जानकारी फुयाँलले दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री