मंगलबार, १८ वैशाख २०८१

शुद्धोधनको अध्यक्षमा लोसपा, उपाध्यक्षमा माओवादी केन्द्र

समयपोष्ट २०७९ जेठ ८ गते २०:०२

Advertisement

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

गाउँपालिकाका अध्यक्षमा लोसपाका कमलेश शरण चौधरी र उपाध्यक्षमा होमप्रकाश चौधरी निर्वाचित हुनुभएको छ ।

चौधरीले चार हजार ४८१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका निसार अहमद खाँले चार हजार १८२ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा निर्वाचित चौधरीले पाँच हजार १०३ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका चाँदनी चौधरीले तीन हजार २२३ मत प्राप्त गर्नुभयो ।

शुद्धोधन गाउँपालिकाका ६ वडामध्ये नेपाली कांग्रेस तीन, लोकतान्त्रिक समाजवादी पार्टी दुई र माओवादी केन्द्र एउटा वडामा जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री