मंसिर १ गतेदेखि जनता बैंकले १ अर्ब ३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निश्कासन गर्ने
समयपोष्ट
२०७३ कार्तिक ११ गते ७:५३
जनता बैंकले १ अर्ब ३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर आगामी मंसिर १ गतेदेखि निश्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निश्कासन गर्न लागेको हो।
जनता बैंकका लगानीकर्ताले २ बराबर १ को अनुपातमा हकप्रद सेयरका लागि मंसिर १ गतेदेखि पुस ५ गतेसम्म आवेदन दिन सक्ने छन् । १ सय अंकित दरको सेयरबाट सो कम्पनीले १ अर्ब ३ करोड रुपैयाँ पुँजी थप्नेछ। एनसिएम मर्चेन्ट बैंक कमलादी तथा जनता बैंकको प्रधान तथा सम्पूर्ण शाखा कार्यालयबाट फारम लिई आवेदन बुझाउन सकिने बिक्री प्रवद्र्धक एनसिएम मर्चेन्ट बैंकिङले जनाएको छ। हकप्रदपश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९ करोड रुपैयाँ पुग्नेछ। मर्जबिना उसलाई यस आर्थिक वर्षको अन्त्यसम्म चुक्ता पुँजी ८ अर्ब पुर्याउन निकै चुनौति देखिन्छ।
प्रतिक्रिया