बुधबार, २६ वैशाख २०८१

सर्वोत्तम सिमेण्टको ‘मिस्टर ह्याप्पी टुर २०७९’

समयपोष्ट २०७९ वैशाख ८ गते ११:५८

Advertisement

सर्वोत्तम सिमेण्टले नयाँ वर्षको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम मिस्टर ह्याप्पी टुर २०७९ को सञ्चालन गरेको छ ।

“सम्बन्ध तपाईं हाम्रो वीचको होस् या परिवार वीचको या निर्माण सामाग्री वीचको, पकड, मजबुत अनि अटूट हुनु पर्छ । ” भन्ने सोचका साथ विभिन्न समयमा विभिन्न कार्यक्रम मार्फत ग्राहक तथा विक्रेताहरु माझ प्रस्तुत हुँदै आएको सर्वोत्तम सिमेण्ट कलाकर्मी तथा टेलिभिजन कार्यक्रम वाट् द फल्प ! का निर्माता तथा प्रस्तोता सन्दिप छेत्रीलाई साथमा लिएर मिस्टर ह्याप्पी टुर २०७९ को सञ्चालन गर्दै साताव्यापी दौडाहमा छ ।

आफ्नै चुनढुंगा खानीको चुनढुंगा प्रयोग गर्दै प्राकृतिक वातावरणमा विशेष ध्यान पुर्याउँदै स्व उत्पादित विद्युत स्रोतको प्रयोग गरी ४३ ग्रेड र ५३ ग्रेडका सिमेन्ट उत्पादन तथा वितरण गर्दै आएको यस संस्थाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाखौका लागि रोजगारी सृजना समेत गर्दै आएको जनाएको छ ।

Advertisement

सिमेन्ट उत्पादन प्रबिधिमा देश मै पहिलो पटक २०७९ प्रवेश गराउन सर्वोत्तम सिमेण्ट पहिलो कम्पनी हो । सिमेन्टको उत्पादन तथा प्रयोग आम नेपालीले बुझ्न जरुरी रहेको यर्थाथलाई मध्ये नजर गर्दै सामाजिक सचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने क्रममा, मिस्टर ह्याप्पी टुर २०७९सञ्चालन गरेर आफ्नो उत्पादनका बारेमा विक्रेता तथा आम ग्राहकहरुको राय सुझाव संकलन कार्य गरिरहेकोे छ ।

गत २०७९ साल बैशाख ३ गते शनिवारका दिन पोखराका चिप्लेढुंगाबाट शुरु भएको मिस्टर ह्याप्पी टुर २०७९, भैरहवाको बुद्धचोक, परासीको परासी बजार, चितवनको नारायणी तीर, वीरगंजको शहिद पार्क, घण्टाघर, गौरको वि पी चोक हुँदै यहि शुक्रबार साँझ ५ बजे मिथिला नगरी जनकपुरको जानकी मन्दिर प्रांगनमा सञ्चालन हुँदै सम्पन्न हुनेछ ।

स्थानिय एफ एम रेडियोहरु माछापुच्छ्र्रे एफ एम (पोखरा), टिनाउ एफ एम (बुटवल), रेिडयो सन्देश (परासी), सिनर्जी एफ एम (नारायणगढ), रेडियो बिन्दास (वीरगञ्ज), रेडियो रौतहट(गौर) र रेडियो मिथिला (जनकपुर) अफिशियल मिडिया रहेको यस मिस्टर ह्याप्पी टुर २०७९लाई सम्पूर्ण एफ एमका साथै आ आप्mना वेभ साइट तथा फेसबूक मार्फत प्रत्यक्ष प्रसारण गरेर कार्यक्रमको पहुँचलाई विश्वव्यापी रुप दिने कार्य समेत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री