आइतबार, ६ जेठ २०८१

लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा लाभांश घोषणा

समयपोष्ट २०७८ माघ २७ गते १०:५७

Advertisement

लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ९.५२ प्रतिशत बोनस शेयर रहेको छ भने ०.४७ प्रतिशत नगद लाभांश रहेको छ।

माघ २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री