नेपाल आईन बलिउडकी चर्चित गायिका असीस कौर, भोली दरबारमार्गमा दर्शक नचाउने
समयपोष्ट
२०७८ पुष २३ गते १६:२३
बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आएकी छन् ।
शनिबार दरबारमार्गमा रहेको क्लब प्लेटिनमा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ आसीस कौर’ कन्सर्टका लागि उनी नेपाल आएकी हुन् ।
फेलिज इन्टरनेशनल इभेन्टले आयोजना गरेको कन्सर्टमा उनले आफ्नो चर्चित गीत ‘राता लम्बिया’, ‘भे माही’, ‘बन्देया रे बन्देया’ र ‘तेरे बिन’, ‘आख लड जावे’ लगायत मार्फत दर्शक नचाउनेछिन् ।
नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगै नाच्ने चाहना पुरा गर्न कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सिइयो शाहिल खानले बताए ।
कार्यक्रममा असीस कौरका अलवा नेपाली गायक याबेश थापाको समेत धमाकेदार प्रस्तुति रहनेछ । आसीस कौरको पछिल्लो समय ‘राता लम्बिया’ गीत निकै हिट छ । कौरले इन्डियन आइडल, आवाज पंजाब दी लगायतका विभिन्न गायन रियालिटी शोमा समेत भाग लिएकी थिइन् ।
प्रतिक्रिया