बुधबार, १९ वैशाख २०८१

युनिमनी को र्याफल ड्र क्याम्पियन सुरू, आइफोन १३ र १०० ग्राम सुनको सिक्का जित्ने मौका

समयपोष्ट २०७८ पुष २२ गते १६:४१

Advertisement

आइएमई पे र युनिमनी एक्सचेन्जबीच युनिमनीको ‘र्‍याफल ड्र क्याम्पियन’मा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ ।

‘र्‍या​फल ड्र क्याम्पियन’मा सेवाग्राहीले युनिमनि कतार मोवाइल वा युनिमनीको अफिसियल वेभससाइटबाट पैसा पठाउँदा विभिन्न आइफोन र सुन जित्न सकिने भएको छ ।

यस योजनाअन्तर्गत भाग्यशाली १० जना विजेताले आईफोन १३ जित्न पाउनेछन् । यस्तै, ३० जना सेवाग्राहीहरुले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्ने कम्पनीले बताएको छ । यो योजना यही जनवरी १ देखि ६९ दिनसम्म रहने छ ।

यस योजनाका विजेता घोषणा विद्युतीय माध्यमबाट स्थानिय मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा अनियमित छनोटद्वारा हुने बताइएको छ ।

Advertisement

उक्त क्याम्पियनमा २ वटा र्‍या​फल ड्र गरी २ चोटी २०/२० जना गरेर तल उल्लेखित तालिका अनुसार पुरस्कार विनियोजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री