सिद्धार्थ बैंकले तय गर्यो बुक क्लोज मिती
समयपोष्ट
२०७४ फागुन १० गते ५:१६
सिद्धार्थ बैंकले बुक क्लोजको मिती तय गरेको छ । बैंकले चैत ४ गतेको १६ औ बार्षिक साधारण सभाका लागि फागुन २० गते बुक क्लोज गर्ने भएको हो ।
बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर वितरण गर्न साधारण सभा आह्वान गरेको छ ।
जसअनुसार फागुन १९ गते कायम रहेका बैंकका सेयरधनी बोनस पाउन योग्य हुनेछन् । प्रस्तावित बोनस सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
बैंकले प्रस्ताव गरेको बोनस राष्ट्र बैंकबाट स्वीकृत भैसकेको छ ।
प्रतिक्रिया