देउवा महासमिति बैठक नबोलाउन षडयन्त्र गर्दैछन् : कोइराला
समयपोष्ट
२०७४ फागुन ८ गते ६:३२
काँग्रेस नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको अभिव्यक्तिका कारण पार्टी कार्यकर्ताको मनोबल कमजोर भएको बताएका छन् ।
प्रजातन्त्र सेनानी संघ चितवनले नारायणगढमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले अहिलेको विधानबाट पार्टी चल्न नसक्ने पनि बताए ।
कोइरालाले भने, “सभापतिज्यूले पार्टी हारेको होइन, व्यक्ति हारेको हो भन्न सुहाउँछ ?,यस्तो अभिव्यक्तिले कार्यकर्ताको मनोवल कसरी बलियो हुन्छ ? बरु कमजोर हुन्छ ।’
कोइरालाले अहिलेको बिधानबाट पार्टी चल्न नसक्ने भन्दै जतिसक्दो चाँडो महासमिति बैठक बोलाउन माग गरे । उनले अब काँग्रेसलाई संघीय संरचनामा लैजाने बेला आएको बताए ।
उनले पार्टी नेतृत्वले महासमिति बैठक नबोलाउन षडयन्त्र गरेको पनि आरोप लगाए ।
नेता कोइरालाले वीपीले अगाडि सारेको राष्ट्रियता समाजवादको पुर्नपरिभाषा गर्नुपर्ने बेला आएको पनि बताए ।
प्रतिक्रिया