मंगलबार, १८ वैशाख २०८१

राजधानीमा बन्दको प्रभाव नपरेपछि विप्लवका कार्यकर्ताले देखाए यस्तो हर्कत

समयपोष्ट २०७४ फागुन ८ गते ५:५७

विप्लव माओवादीका कार्यकर्ताले पार्किङ गरिराखेको गाडीमा आगजनी गरेका छन् ।  काठमाडौंको मध्यबानेश्वर स्थित एक घरमा पार्किङ गरिराखेको बा १ झ ८१३८ नम्बरको सरकारी गाडीमा मंगलबार अज्ञात समुहले आगजनी गरेको महानगरीय प्रहरी वृत बानेश्वरले जनाएको छ ।

Advertisement

प्रहरी तत्काल घट्नास्थलमा पुगेर आगो निभाउन सफल हुँदा गाडीमा सामान्य क्षती पुगेको छ ।

प्रहरीका अनुसार घरको साईडमा पार्किङ गरि राखेको सरकारी नम्बरको टाटा सुमोमा विप्लवका कार्यकर्ताले विहान ८ बजेतिर आगजनी गरेर भागेका थिए । आगजनीमा संलग्नको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

विप्लव माओवादीले आज नेपाल बन्दको आह्वान गरेको छ । बन्दको राजधानीमा खासै प्रभाव परेको छैन ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री