मंगलबार, १८ वैशाख २०८१

मन्त्रिपरिषद् बैठक : बाढी-पहिरोमा मृत्यु भएका परिवारलाई २ देखि ४ लाखसम्म दिने निर्णय

समयपोष्ट २०७८ कार्तिक ३ गते १६:२३

Advertisement

सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एकैघरमा एक जनाको मृत्यु भएको भए २ लाख, २ जनाको मृत्यु भएको भए ३ लाख र ३ जनाको मृत्यु भएको भए ४ लाख दिने निर्णय गरेको हो ।

यस्तै बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय समेत गरेको छ ।

बैठकले राहत र उद्दारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री