मंगलबार, १८ वैशाख २०८१

नबिल बैंकको महाप्रबन्धकमा मनोज ज्ञवालीको बढुवा

समयपोष्ट २०७८ कार्तिक २ गते १२:११

Advertisement

मनोजकुमार ज्ञवाली नबिल बैंकको महाप्रबन्धकमा बढुवा भएका छन् ।

बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको हो।

ज्ञवाली १४ महिनाअघि नबिलको नायव महाप्रबन्धकमा नियुक्त भएका थिए । ज्ञवाली नबिल आउनुअघि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। कार्यकाल बाँकी छँदै उनले ज्योति छाडेका थिए।

ज्ञवालीसँग नियामक नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव छ। उनी चार्टर्ड एकाउन्टेन्ट हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री