आइतबार, २३ वैशाख २०८१

एनसेललाई फ्रोस्ट एण्ड सलिभन अवार्ड

समयपोष्ट २०७३ कार्तिक १ गते ७:१२

 

Advertisement

काठमाडौं।  मोबाईल सेवा प्रदायक कम्पनी एनसेल प्राईभेट लिमिटेड (एनसेल) ले फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवा प्रदायक २०१६ अवार्ड पाएको छ ।

लगातार दोस्रो बर्ष सो अवार्ड प्राप्त गर्न सफल एनसेललाई अन्र्तर्राष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले यो अवार्ड प्रदान गरेको हो । 

एशिया प्रशान्तको अटोमोटिभ, उर्जा, भवन निर्माण, पर्यावरण, स्वास्थ्य सेवा ,सूचना तथा संचार प्रविधि लगायतका क्षेत्रमा काम गर्ने हजारौ कम्पनी मध्ये उत्कृष्ट अभ्यास गर्नेलाई  यो सम्मान प्रदान गर्ने गर्दछ  ।

ग्राहक संख्या, मोबाईल सेवाको आम्दानी, प्रतिग्राहक मिश्रित औषत आय, प्रतिग्राहक आयको वृद्धि, सेवा अथवा व्यवसाय मानविनता लगायतका बजारमा कम्पनीको वास्तविक विविध सुचकको आधारमा कडा मापदण्ड भित्र रहेर पुरस्कार पाउने कम्पनीको मुल्याङ्कन गरिन्छ।

Advertisement

यो पुरस्कार फ्रोस्ट एण्ड सलिभनले प्रदान गर्ने एशिया प्रशान्त सर्वश्रेष्ठ अभ्यास पुरस्कार उप–समुह अन्र्तगत पर्दछ ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री