मंगलबार, १८ वैशाख २०८१

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले आजबाट सम्हाले कार्यभार

समयपोष्ट २०७८ असोज ८ गते १८:४८

Advertisement

एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आजबाट बैंकको जिम्मेवारी कार्यभार सम्हालेका छन् ।

६ महिनाको ‘कुलिङ पिरियड’ मा रहेका खालिङले शुक्रबारबाट बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका हुन् ।

उनलाई ६ महिनाअघि बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

एभरेष्ट बैंकका उनी पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृत हुन्।

स्थापनाको २५ बर्षसम्म भारतीय नागरिकलाई प्रमुख कार्यकारी बनाएको एभरेष्ट बैंकले नेपाली प्रमुख कार्यकारीका रुपमा खालिङलाई नियुक्त गरेको हो।

करिव ३३ बर्ष लामो सक्रिय बैंकिङ अनुभव भएका खालिङसँग सञ्चालन तथा बैंकिङ जोखिमसम्बन्धी लामो अनुभव रहेको छ।

यसअघि सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य रहेका उनी लक्ष्मी बैंक लिमिटेडमा चार बर्षसम्म प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेर बाहिरिएका थिए । त्यसअघि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा उनी प्रमुख सूचना अधिकृत थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री