मंगलबार, १८ वैशाख २०८१

ज्योति लाईफ इन्स्योरेन्स पाँचौ वर्षमा प्रवेश, यस्ता छन् मुख्य उपलब्धी

समयपोष्ट २०७८ असोज ८ गते १०:०९

Advertisement

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड चौथो वर्ष सफलताका साथ पुरा गरि पाँचौ वर्षमा प्रवेश गरेको छ ।

२०७४ आश्विन ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ ज्योति लाईफ आजबाट पाँचौ वर्षमा प्रवेश गरेको हो ।

‘यस सुखद अवसरमा हाम्रो चार वर्षको यात्रासम्म निरन्तर साथ दिनुहुने हाम्रा सम्पूर्ण शेयरधनि महानुभावहरु, कर्तब्यनिष्ठ भई जिम्मेवारी निर्वाह गर्ने कर्मचारीहरु, कम्पनीको मेरुदण्डको रुपमा रहेका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरु, वित्तिय संस्था तथा संस्थागत अभिकर्ताहरु, हामीप्रति विश्वास प्रकट गरि कम्पनीको बीमालेख लिई सेवा गर्ने अवसर प्रदान गर्नु हुने सम्पूर्ण बीमितहरु, कम्पनीको प्रचार प्रसारमा सहयोग गर्ने संचार क्षेत्र र कम्पनीलाई सधैं दिशानिर्देश गरि सहयोग पुर्याउनु हुने बीमा समिति लगायत अन्य नियामक निकायहरु प्रति हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछौं ।’ प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ –‘ साथै आगामी दिनहरुमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै यहाँहरुको विश्वास, साथ र निरन्तर सहयोगको अपेक्षा गर्दछौं ।’

प्रमुख कार्यकारी अधिकृत खत्रीका अनुसार चार वर्षको अवधिमा कम्पनीले गरेका मुख्य उपलब्धीहरु यस्ता छन् ।

• ७३ जिल्लाको विभिन्न भागमा १२३ वटा शाखा संजालबाट सेवा प्रवाह ।

• सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाख सम्मको आर्थिक सुरक्षा दिने एक मात्र कम्पनी ।

• विभिन्न १० किसिमका आकर्षक जीबन बीमा योजना जारी ।

• कुल रु.७ अर्ब लगानी ।

• आर्थिक वर्ष २०७७/७८ मा रु. ३.१० अर्ब कुल बीमा शुल्क सहित हाल सम्म रु. ६.९० अर्ब कुल बीमा शुल्क आर्जन ।

• १० हजार भन्दा बढी सक्रिय अभिकर्ता ।

• ९० हजार भन्दा बढी बीमित ।

• सर्वसाधारणलाइ रु.६६ करोडको शेयर जारी गरी कुल चुक्ता पुँजी २२० करोड कायम ।

• रु. ४ अर्बको जीबन बीमा कोष कायम ।

• ISO 9001:2015 गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त ।

• संचालनको पहिलो वर्षदेखि नै मुनाफा आर्जन गर्न सफल ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री