सोमबार, २४ वैशाख २०८१

एक सातामै विकास बैंकहरुको निक्षेप ०.२४% प्रतिशत र कर्जा लगानी ०.७९% ले बढ्यो

समयपोष्ट २०७८ भदौ २९ गते १४:०२

Advertisement

राष्ट्रियस्तरका विकास बैंकहरुले एक सातामा निक्षेप संकलन ०.२४% प्रतिशत र कर्जा लगानी ०.७९% ले बढाएका छन् ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार गत हप्ता ४ अर्ब १६ करोड ३७ लाख निक्षेप संकलन गर्न सफल विकास बैंकहरुले यो साता ९८ लाखले निक्षेप वृद्धि गर्दै ४ अर्ब १७ करोड ३६ लाख संकलन गरेका छन् ।

कर्जा लगानी तर्फ ०.७९ प्रतिशतले वृद्धि गरेका बैंकहरुले समिक्षा अवधिमा कुल ३ अर्ब ६८ करोड ८० लाख लगानी गरेका छन् । गत हप्ता बैंकहरुले ३ अर्ब ६५ करोड ९१ लाख लगानी गरेका थिए ।

क्षेत्रीयस्तरका विकास बैंकहरुको निक्षेप भने २५ करोड रुपैयाँले घटेर ७१ अर्ब ९१ करोडमा झरेको छ। ऋण भने २५ करोड ८२ लाख रुपैयाँले बढाएर ६७ अर्ब ४३ करोड रुपैयाँ पुर्याएका छन्। क्षेत्रीयस्तरका विकास बैंकहरुको तथ्यांकमा कर्पोरेट डेभलपमेन्ट बैंक, साहारा विकास बैंक र साल्पा विकास बैंकको तथ्यांक समावेश गरिएको छैन ।

Advertisement

अहिले कुल १८ वटा विकास बैंक सञ्चालनमा छन्। यसमध्ये १५ वटाको उपलब्ध तथ्यांक अनुसार कुल निक्षेप ७३ करोड १४ लाख रुपैयाँले बढ्दा कुल ऋण ३ अर्ब १४ करोड ९९ लाख रुपैयाँले बढेको छ। अहिले विकास बैंकहरुसँग कुल निक्षेप ४ खर्ब ८९ अर्ब र कुल ऋण ४ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री