यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान
समयपोष्ट
२०७८ साउन ११ गते १७:४९
निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान गरेको छ।
जसपाको यादव पक्षमा बहुमत देखिएकाले इजलासले उक्त पक्षलाई आधिकारिकता दिने फैसला गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘बहुमत सदस्यहरुको समर्थन रहेको उपेन्द्र यादव समूहले आधिकारिकता पाएको छ,आजको इजलासले यही निर्णय गरेको छ।’ श्रेष्ठले ५१ जनाको केन्द्रीय कार्यकारणी सदस्यहरुमध्य ३४ जनाले यादवको पक्षमा र १६ जनाले महन्थ ठाकुरको पक्षमा सनाखत दिएको बताए । १ जना तटस्थ बसेको बताए।
प्रतिक्रिया