बिहीबार, २० वैशाख २०८१

उपत्यकामा कोरोना संक्रमण बढ्यो, निषेधाज्ञा थप गर्ने तयारी

समयपोष्ट २०७८ साउन १० गते ११:५५

Advertisement

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी भएको छ ।

कोरोना संक्रमण बढिरहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनले सार्वजनिक सवारीसाधन खुलेपनि उपत्यकाभित्र रात्रि क्लब, पार्टी प्यालेस, होटेल, रेष्टुरेण्टमा कडाइ हुनसक्ने बताए ।

‘अहिले नै रात्रि व्यवसाय खुलाउन सक्ने अवस्था छैन । फिल्म हल र जीमखानाबारे आज छलफल गरेर निर्णय गर्छौ’, प्रमुख जिल्ला अधिकारी पराजुलीले भने, ‘आज चार बजे तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर निर्णय हुन्छ ।’

Advertisement

पछिल्लोपटक थप गरिएको निषेधाज्ञा आइतबार राति १२ बजे सकिँदै छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री