अर्घाखाँचीमा सदगद गर्न गएकालाई खोलाले बगायो
समयपोष्ट
२०७८ असार २ गते १९:००
अशोक खनाल
अर्घाखाँची जिल्लामा सदगद गर्न गएका एक पुरुष खोलाले बगाएर बेपत्ता भएका छन् ।
बुधबार जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ५ का ६७ बर्षिय चोलानाथ अधिकारी मथुराबेसी खोलाबाट बेपत्ता भएका हुन । सदगद गर्न संगै गएका स्थानीयका अनुसार उनी ठट्टैठट्टामा खोलामा पसेका थिए ।
बेपत्ता अधिकारीको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक सुजन बिक्रम शाहले जानकारी दिएका छन् ।
प्रतिक्रिया